कोल्हवीबाट लागुऔषध गाँजा बरामद

168
Friendship Mobile

बारा प्रहरीले १सय ६८केजी लागुऔषध गाँजा बरामद गरेको छ । कोहल्बि वडा नं ५ स्थित स्थानिय  जितेन्द्र चौधरीको घरमा लुकाई छिपाई राखेको भन्ने सुकारको आधारमा घरको खोजी गर्ने क्रम सो लागुऔषध गाँजा फेला पार्न सफल भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए ।

ईलाका प्रहरी कार्यलय कोहल्बीबाट प्रहरी निरिक्षक भोलामा सिहं अधिकारीको कमाण्डमा खटिएको टोलीले सो गाँजा बरामद गरेको हो । घरमा कोहि पनि नभएकाले प्रहरीले स्थानिय जनता र जनप्रतिनिधीको रोहवरमा घरको ताल्चा फुटाई चेज-जाँच गरेको थियो । घरधनि नभेटिए पनि थप अनुस्धानको लागी उनिहरुको खोजी कार्य भईरहेको प्रवक्ता प्रहरी नायब उपरीक्षक पाण्डेले लिड न्युजलाई जानकारी दिए ।

पछिल्लो हप्ता मात्रै बारामा करिब ३ सय गाँजा प्रहरीले बरामद गरेको थियो । सो गाँजा भारत लैजान लागेको  प्रहरीले आशङ्का गरेको थियो ।