प्रधानमन्त्रीको चीन भ्रमण नाटकबाजी : प्रमुख सचेतक शाही

71
Friendship Mobile

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले प्रधानमन्त्रीको चीन भ्रमणलाई नाटकबाजीको संज्ञा दिएका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै प्रमुख सचेतक शाहीले प्रधामन्त्रीको चीन भ्रमणको क्रममा हङकङ, मकाउलगायतका देशमा नेपालीहरुले पाउने समस्याको समाधान नभएको बताए ।

Dabur nepal
Agni Group

हङकङ र मकाउमा पासपोर्ट बनाउने सम्बन्धमा नेपालीहरुमा समस्या हुने गरेको भन्दै उनले सो समस्या समाधान हुन नसकेको बताए । शाहीले प्रधानमन्त्रीको चीन भ्रमणलाई नाटकबाजीको संज्ञा दिए ।

“अहिले पनि हङकङको समस्या समाधान भएको छैन । हङकङमा हजारौँ नेपाली आज पनि अलपत्र परेका छन् । आज पनि हङकङ र मकाउमा नेपालीहरुले पासपोर्ट बनाउँदाखेरि नेपालीहरुमा ठूलो समस्या पैदा भएको छ,” उनले भने, “त्यसको कहीँ कतै समस्याको समाधान भएको छैन । त्यो भएर यसलाई उपलब्धि होइन कि नाटकबाजी भन्नुपर्छ ।”