सर्लाहीमा बस दुर्घटनामा परि मृत्यु हुनेको संख्या तिन

58
Friendship Mobile

सर्लाही । सर्लाहीमा बिहिबार भएको बस दुर्घटनामा तिन जनाको मृत्यु भएको छ । बिहान सवा ६ बजे पूर्व–पश्चिम राजमार्गअन्तर्गत बागमती १ रायमाझि चोकमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । सडक छेउमा रोकि राखेको एन एल ०१ एएच ९२५२ नम्बरको लरिमा बस ठोक्किएको थियो ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु १ ख ८८४८ नम्बरको बसले अर्को बसलाई ओभरटेक गर्ने क्रममा बस लरिको पछाडिको भागमा ठोक्किन पुगेको थियो । सो दुर्घटनामा परी रुपन्देही जिल्लाको मायादेवी गाउँपालिका– ३ का ८५ वर्षीय दशरथ कोहार, सोही ठाउँका वर्ष ५० का रामकरण केवट र सोही जिल्लाको देवदह नगरपालिका– ११ बस्ने वर्ष ७० का कृष्णा चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यसैगरी अन्य १७ जनाभन्दा बढी घाइते भएका छन । जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी डिएसपी दिपक श्रेष्ठले बसमा ४० जना यात्रु सवार रहेको बताए । उनले बस चालक ईलाका प्रहरी कार्यालय हरिवनको नियन्त्रणमा रहेको र लरि चालक फरार रहेकाले खोजी कार्य चलिरहेको जानकारी दिए ।