ज्ञानेन्‍द्र शाही प्रश्न: गिरिबन्धुको फाइल कहिले खोलिन्छ, जिबी राई कहिले पक्राउ पर्छन्?

85
Friendship Mobile

काठमाडौं– राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) शाहीले ठूला ठूला फाइल खोल्छौं भनेको सरकारले गिरिबन्धु टि–स्टेटको फाइल कहिले खोल्छ भनेर प्रश्न गरेका छन्। 

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद शाहीले गिरिबन्धु टी–स्टेटको फाइल खोलेको सुन्न आफूहरु सदनमा आतुर भएको बताए। 

यस्तै मेलम्ची, वाडबढी, फोर जी जस्ता प्रकरणका फाइलहरु कहिले खोलिन्छ? भन्दै गृहमन्त्री र प्रधानमन्त्रीलाई प्रश्न गरे। साथै उनले सहकारी प्रकरणमा जिबी राईलाई किन पक्राउ गर्न नसकिएको हो भन्दै प्रश्न गरे। देशभन्दा जिबी राई ठूलो हो? भनेर उनले टिप्पणी गरे। 

उनले भने, ‘यो देश ठूलो हो कि जिबी राई ठूलो हो। मलाई लाग्छ यो देशभदा जिबी राई ठूलो हो। हैन भने जिबी राईलाई किन पक्राउ गर्न सकिएको छैन?’

कांग्रेस, एमाले र माओवादीजस्ता पुराना दलहरुले काम गर्न सकेनन् भनेर नयाँलाई सदनमा पठाएको स्मरण गर्दै सांसद शाहीले नयाँ दलबाट आएर सरकारमा बसेकाहरुले पनि त्यही पारा देखाएको टिप्पणी गरे।

shivam cement

उनले भने, ‘कांग्रेस, एमाले र माओवादी लगायतका पुराना दलहरुले काम गर्न सकेनन् भनेर जनताले हामीलाई पठाए। तर गृहमन्त्रीज्यु यी ठूला प्रकरणमा जोडिएकाहरुलाई कहिले पक्रिनुहुन्छ। म माग गर्न चाहन्छु। गिरीबन्धु प्रकरणमा के भएको हो? फाइल खोल्नुहोस्।’