२०८३ आश्विन १ बिहीबार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ आश्विन १ बिहीबार

श्रीमद् वितक चर्चा एमं श्री कृष्ण कथा प्रवचन कार्यक्रम शुरु

निजगढ, निजगढ ६ सडकटोलस्थित श्री कृष्ण प्रणामी मन्दिरमा बिहीवारबाट १ महिने श्रीमद् वितक चर्चा एमं श्री कृष्ण कथा प्रवचन कार्यक्रम शुरु भएको छ । प्रणामी धर्मको विशेष पर्वको रूपमा रहेको वितक चर्चाको बारा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य अच्युत मैनाली र मधेस प्रदेश सभा सदस्य द्वय त्रिलोकी चौधरी र माला लामाले संयुक्त रुपमा उद्धाटन गर्नुभएको थियो । कार्यक्रमको पहिलो दिन निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरी, उपप्रमुख सोममाया थिङ्ग, वडा नम्बर ६ का वडा अध्यक्ष घनश्याम तिमल्सिाना लगायत सयौं श्रद्धालुहरुको उपस्थिति रहेको थियो । आगामी भदौ १० गते पर्ने श्रीकृष्ण जन्माष्ठमीसम्म चल्ने सो कार्यक्रममा प्रणामी समाजका प्रखर शास्त्री श्री घनश्याम अधिकारीले प्रवचन दिनुहुने बताइएको छ ।

श्री कृष्ण प्राकट्य महोत्सवमा भने मन्दिर परिसरबाट रथ यात्रा निकालेर नगर परिक्रममा गरिने मन्दिर व्यवस्थापन समितिका यादवकुमार तिमल्सिनाले जानकारी दिनुभयो । कार्यक्रम अन्तरगत प्रतेक दिन विहान ११ः३० बजेदेखि दिउँसो ३.३० बजेसम्म प्रवचन र राति भजन, किर्तन तथा अन्य धार्मिक कार्यक्रमहरू आयोजना गरिने तिमल्सिनाले बताउनुभयो । सो अवसरमा सांसद मैनाली र चौधरीले निर्माणाधिन प्रणामी मन्दिरको निरीक्षणसमेत गर्नुभएको थियो ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।