२०८३ आश्विन १४ बुधबार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ आश्विन १४ बुधबार

कविता : अहम र आगो

नाम, पद, शक्ति
धन दौलत देखाएर,
कुलघरान देखाएर
घमण्डको पालन पोषण गर्यो
अहंकारको घोषणा गर्यो
तर मान्छेले
कहिल्यै गर्न सकेन
जिउँदै भएको घोषणा
कृष्ण देखाएर,अर्जुन देखाएर
राम अनि हनुमान देखाएर
महाभारत, रामायण देखाएर
युद्धको बिज्ञापन गर्यो
हिंसाको प्रचार गर्यो
तर
कहिल्यै प्रचार गरेन
मुनामदनको प्रेमकथा
नदेखेको ईश्वर देखाएर
वेदपुराण देखाएर
भाषा देखाएर
अक्षरहरुको ज्ञान देखाएर
कुरान र बाइबल देखाएर
अहमको उद्घोष गर्यो
तर
कहिल्यै उद्घोष गरेन
आत्माको उपस्थिति
सायद
मान्छेलाई फुर्सद छैन
चिहान या घाटसम्म पुग्ने
फुर्सद हुन्थ्यो भने
माटोमा गाड्दै गरेको र
घाटमा पोल्दै गरेको मान्छे देखेर
याद हुनुपर्थ्यो
एक्दिन आफुसंगै
अहम र अहंकारहरु पनि
गाडिनेछ्न पोलिनेछ्न भनेर
झुट
आकर्षक हुन्छ
त्यसैले
जिवनसंग आकर्षण छ
धन, नाम,पद,
अहंकार र अहममा आकर्षण छ
सत्य
भयानक र डरलाग्दो हुन्छ
त्यसकारण पनि
मृत्यु भयानक लाग्छ
मर्नसंग डरलाग्छ
पक्कैपनि
सत्य लुकाउनकै लागी
मृत्यु लुकाउनकै लागी
चिहान र घाट
एकान्त एकलासमा
बनाइएको हुनुपर्छ
हैनभने
घाट र चिहानहरु
बिच बजारमा बनाइनु पर्थ्यो
ता कि
हरसमय मान्छेलाई
मृत्युको ख्याल आइरहोस

पुस्तक प्रसाद [दिनेश गौतम]

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।