२०८३ आश्विन ६ मंगलवार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ आश्विन ६ मंगलवार

बर्दिबासमा अर्को बलात्कारको घटना : भैंसि चरुवा बालिका बलात्‍कृत, ५ महिनाको गर्भ

महोत्तरी : बर्दिबास नगरपालिका–१२ बिजलपुरामा बलात्कार गरी बालिकालाई गर्भवती बनाएको घटना सार्वजनिक भएको छ । बालिका बलात्कार आरोपमा प्रहरीले गत मंसिर ७ गते स्थानीय २१ वर्षीय ललन राउतलाई पक्राउ गरेको थियो । 

उनीविरुद्ध जबरजस्ती करणी मुद्दा अघि बढाइएको इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी राजन चापागाईंले जानकारी दिए । ‘बालिकाको गर्भमा पाँच महिनाको बच्चा छ । गर्भपतन गराउन नमिल्ने अवस्था छ’, डीएसपी चापागाईंले भने ।

ती बालिका गत असारमा भैंसी चराउन घरनजिकै गएकी थिइन् । साँझ बजारदेखि मोटरसाइकलमा आएका आरोपीले हात समाई झाडीमा लगेर बालिकालाई बलात्कार गरेको पीडितका बुवाले बताए ।

बालिका गर्भवती भएसँगै परिवार समस्यामा परेको महिला सांस्कृतिक उत्थान केन्द्र बर्दिबासकी अध्यक्ष शारदा दाहालले जानकारी दिइन् ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।