२०८३ आश्विन १ बिहीबार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ आश्विन १ बिहीबार

आयोगले थाल्यो निर्वाचनको काम

सरकारले घोषणा गरे अनुरुप आगामी वैशाख १७ र २७ मा प्रतिनिधि सभाको निर्वाचन हुने नहुने यकिन नभए पनि निर्वाचन आयोगले भने प्रारम्भिक तयारी अगाडि बढाएको छ ।

निर्वाचन हुने वा नहुने धेरै विषय सर्वाेच्च अदालतको फैसलामा निर्भर गर्दछ । तर आयोगले भने अहिलेलाई सरकारले घोषणा गरेको मितिलाई आधार बनाएर निर्वाचनको तयारी गरेको छ । आयोगले सबैभन्दा पहिला मतदाता नामावली अद्यावधिक गर्ने कार्यलाई प्राथमिकतमा राखेको छ ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार सो सम्बन्धी काम अगाडि बढिसकेको छ । आयोगले यसपटक सकेसम्म युवा मतदाता नछुटाउने गरी अद्यावधिक गर्न खोजेको छ । त्यसैगरी आयोगले निर्वाचनको कार्यतालिक तयार पार्ने गृहकार्यसमेत सुरु गरेको छ ।

त्यसैगरी निर्वाचन गराउनका लागि आवश्यक पर्ने सामग्रीहरुको बारेमा समेत तयारी गरिएको छ । अहिले कति सामग्री छ, कति खरिद गर्नुपर्ने हो र कति सहयोग माग्ने भन्ने सम्बन्धमा पनि मूल्याङकन भइरहेको छ ।

त्यसैगरी निर्वाचनका लागि आवश्यक बजेटका सम्बन्धमा पनि गृहकार्य भइरहेको छ । यस पटक निर्वाचनका लागि भने खासै नयाँ कानुन नचाहिने र पुराना कानुनले नै निर्वाचन गराउन सकिने आयोगले जानकारी दिएको छ ।

यस अगाडि निर्वाचन आयोगले एकीकृत निर्वाचन कानुन बनाउने प्रक्रिया अगाडि बढाए पनि अब त्यो अगाडी नबढ्ने भएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।