२०८३ असार १६ मंगलवार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ असार १६ मंगलवार

लायन्स क्लव लालबन्दीले ग¥यो ११९ परिवारलाई न्यानो कम्बल बितरण

लायन्स क्लव लालबन्दीले मंगलवार बिपन्न तथा बिकट बस्तिका न्युन आय आर्जन भएका परिवारलाई न्यानो कम्बल बितरण गरेको छ । क्लवले आफ्नो सामाजिक कार्यलाई प्राथमिकताका साथ निरन्तरता दिँदै बिपन्न परिवारमा न्यानो बितरण गरेको हो ।

क्लवले सर्लाहीको लालबन्दी नगरपालीकाको वडा नम्बर १२, १६ र १७ का ११९ परिवारलाई कम्बल बितरण गरेको हो । वडा नम्बर १२ भालुखोपका ५३, १६ परवानीपुरका ३० र १७ रानीगञ्जका ३६ परिवारलाई न्यानो कम्बल बितरण गरेको क्लवले जनाएको छ ।

न्यानो बितरण कार्यक्रममा लायन्स क्लव ईन्टरनेसनलका PMCC भरत प्रसाद ढुंगेल, लायन्स क्लव अफ लालबन्दी सिटिका प्रेसिडेन्ट राजकुमार न्यौपाने, वडाध्यक्षहरु १६ का गणेश थापा, १७ का नवराज अधिकारि सँगै पुर्व सांसद शम्भुलाल श्रेष्ठ लगाएतका ब्यक्तिहरुको सहभागीता रहेको थियो । पुर्व सांसद श्रेष्ठ वडा नम्बर १२ को भालुखोपमा गरिएको कार्यक्रममा मात्र सहभागी भएका थिए ।

साथै उक्त वडामा सहारा फाउण्डेसले समेत न्यानो स्विटर बितरण गरेको छ । फाउण्डेसनले भालुखोपका बिद्यार्थीहरुका लागी स्विटर बितरण गरेको हो । लायन्स क्लवले न्यानो कम्बल बितरण गर्न पुगेको समयमा फाउण्डेसन पनी भेटिए पछि संयोगले दुबै संस्था मिलेर न्यानो बितरण गरेका लायन्स क्लव अफ लालबन्दी सिटिका प्रेसिडेन्ट न्यौपानेले जानकारि बताउनुभयो ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।