आफ्नै आमाको हत्यामा संलग्न रौतहटको गरुडाका ४० बर्षिय रामबाबु राय यादवलाई प्रहरिले करिव २० बर्ष पछि पक्राउ गरि जेल चलान गरेको छ । कारागार चलान भएका राय यादवले २०५६ साल बैशाख ६ गत्ते आफ्नै आमा चुल्हियादेवी राय यादवको हत्या गरेका थिए ।

साबिक गडहीगुठ्ठि वडा नम्बर ७ हाल गरुडा नगरपालीका २ गेडहिगुठ्ठ टोल बस्ने राय यादवलाई गरुडा २ बस्ने ईनरकलीदेवी यादवको जाहेरिको आधारमा २०६० साल मंसिर ८ गत्ते बाईस बर्ष, दुई महिना, २० दिनको कैद तोकिएको थियो । त्यस यता उनि फरार रहेका थिए ।
उनलाई रौतहट प्रहरिले गरुडा नगरपालीका २ स्थित गडहीगुठ्ठि टोलबाट गएको बिहिवार पक्राउ गरेको हो ।
पक्राउ परेका हत्यारा राय यादवलाई प्रहरिले आवश्यक कारवाहिको लागी जिल्ला अदालतमा पेस गरेकोमा उनलाई मंगलवार कारागार चलान गरिएको जिल्ला प्रहरि कार्यालय रौतहटले जनाएको छ ।











