२०८३ भाद्र २६ शुक्रबार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ भाद्र २६ शुक्रबार

हरिवनमा आत्महत्या रोकथामसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

हरिवन । ‘आत्महत्या रोकथामबारे संवाद सुरु गरौँ, दृष्टिकोण बदलौँ’ भन्ने नाराका साथ सर्लाहीको हरिवन नगरपालिकामा आत्महत्या रोकथामसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

आत्महत्या रोकथामका लागि समुदायस्तरमा सचेतना अभिवृद्धि गर्ने तथा मानसिक स्वास्थ्यसम्बन्धी समस्यालाई खुलेर संवाद गर्ने वातावरण निर्माण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी, विद्यालय नर्स, सुरक्षित आप्रवासन कार्यक्रमका प्रतिनिधि, महिला समूह, पत्रकार तथा विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा लालबन्दी नगर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट तथा कन्सल्टेन्ट मनोचिकित्सक डा. चन्दन चौधरी, इलाका प्रशासन कार्यालय हरिवनका कार्यालय प्रमुख तथा प्रहरी निरीक्षक सुरेन्द्र विक्रम बर्तौला र स्वास्थ्य शाखा प्रमुख रामबाबु चौधरीले आत्महत्या रोकथाम, मानसिक स्वास्थ्य, जोखिममा रहेका व्यक्तिको पहिचान तथा आवश्यक सहयोगका विषयमा सहजीकरण गरेका थिए ।

उपसचिव हरिप्रसाद दहालको अध्यक्षता तथा हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा अन्तरपार्टी महिला सञ्जाल हरिवनकी अध्यक्ष पद्मा दोङ मोक्तान तथा अपाङ्गता अधिकार अभियन्ता रबिन मैनालीले संक्षिप्त मन्तव्य राख्दै आत्महत्या रोकथामका लागि परिवार, समुदाय, स्वास्थ्य संस्था तथा सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए ।

कार्यक्रमका सहभागीहरूले आत्महत्या रोकथामलाई केवल स्वास्थ्य क्षेत्रको विषयका रूपमा नहेरी सामाजिक तथा सामुदायिक विषयका रूपमा अघि बढाउनुपर्ने धारणा राखेका थिए । मानसिक तनावमा रहेका व्यक्तिलाई समयमै पहिचान गरी सुन्ने, साथ दिने र आवश्यक परे स्वास्थ्यकर्मी तथा सम्बन्धित निकायसम्म पुर्‍याउने वातावरण निर्माण गर्नुपर्नेमा पनि जोड दिइएको थियो ।

सरोकारवालाहरूको सक्रिय सहभागितामा सम्पन्न कार्यक्रमले आत्महत्या रोकथामका लागि संवाद, सहकार्य र सकारात्मक दृष्टिकोणको आवश्यकता थप स्पष्ट पारेको आयोजकले जनाएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।