रौतहटमा ६५ औं प्रहरी दिवस २०७७ भव्यताका साथ सम्पन्न

271
Friendship Mobile

३० असोज । रौतहटमा ६५ औ प्रहरी दिवस भब्यताका साथ मनाइएको छ । जिल्ला प्रहरी कार्यालय रौतहट गौरको प्राङ्गणमा “६५ औं प्रहरी दिवस २०७७“ को उपलक्ष्यमा आयोजित श्रद्धाञ्जली तथा पुनर्मिलन कार्यक्रम सम्पन्न भरिएको जनाइएको छ ।

प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवको प्रमुख आतिथ्यता र गौर न.पा.का उपप्रमुख किरण कुमारी ठाकुरको बिशिष्ट आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

रौतहट जिल्ला स्थित विभिन्न सुरक्षा निकायका प्रमुख, स्थानिय जनप्रतिनिधि, नागरिक समाजका अगुवा, संचारकर्मी, महिला संजाल, उद्योग व्यवसायी, सरकारी तथा गैर सरकारी संस्थाका प्रमुख एवं प्रतिनिधी, बुद्धीजिवी, भद्र भलादमी, अमर प्रहरीका परिवार, पुर्व प्रहरी कर्मचारी, प्रहरी सहयोगी एवं प्रहरी कर्मचारीहरुको उपस्थितिमा यस कार्यालयको  प्राङ्गणमा रहेको अमर प्रहरी स्मारकमा प्रमुख अतिथिबाट पुष्प उपहार तथा अन्य उपस्थित अतिथीहरुबाट पुष्प गुच्छा अर्पण पश्चात संगठन प्रमुख श्रद्धेय श्रीमान प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले “६५ औं प्रहरी दिवस २०७७“ को अवसरमा दिनु भएको शुभकामना सन्देश जिल्ला प्रहरी कार्यालयका प्र.ना.उ. भरत श्रेष्ठद्वारा वाचन गरिएको हो ।

साथै प्रमूख अतिथी प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादव, विशिष्ट अतिथी गौर न.पा.का उपमेयर किरण कुमारी ठाकुर लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भई सोही अवसरमा प्रहरी संगठनलाई निःशुल्क जग्गा उपलब्ध गराएको जग्गा दाताहरु तथा प्रहरीलाई कोरोना  लगायत अन्य विपत्तिमा एवं प्रहरी कार्यमा सहयोग गर्नु हुने संगठन तथा व्यक्तित्वहरु गौर नगरपालिका परिवार आरडिसि नेपाल , माण्डवी परिवार र नागरीक समाजलाई कदर पत्र र उत्कृष्ट कार्य गर्ने १० जना प्रहरी कर्मचारीहरूलाई नगद पुरस्कारद्वारा पुरस्कृत गरी अमर प्रहरी परिवारहरुलाई दोसल्ला ओढाई सम्मान गरीएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमूख शिद्धी बिक्रम शाहले धन्यवाद ज्ञापन गर्नु भएको थियो । प्रहरी दिवस कार्यक्रमको समाप्ति पछी अमर प्रहरी परिवार र पुर्व प्रहरी कर्मचारीहरुसँग भेटघाट तथा पुनर्मिलन कार्यक्रमको आयोजना समेत गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।