काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर ४ हजार ३९२ जना कोरोना संक्रमित पुष्टि भएका छन्। योसँगै संक्रमितको कूल संख्या १ लाख २६ हजार १३७ पुगेको छ।
२४ घण्टामा ३ हजार ५२२ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या ८८ हजार ४० पुगेको छ।
२४ घण्टामा देशभर २१ जना संक्रमितको मृत्यु भएको छ।
आज देशभर ३७ हजार ३८२ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ४०२ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ७८४, ललितपुरमा ३७४ र भक्तपुरमा २४४ जनालाई कोरोना संक्रमण देखिएको छ।
देशभर ४ हजार ३९२ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै संक्रमितको कूल संख्या १ लाख २६ हजार १३७ पुगेको छ।
२४ घण्टामा ३ हजार ५२२ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या ८८ हजार ४० पुगेको छ।
आज देशभर ३७ हजार ३८२ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।
काठमाडौं- नेपालमा कोरोना संक्रमित मृतकको संख्या ७ सय नाघेको छ।
गत २४ घण्टामा २१ जनाको मृत्यु भएसँगै कोरोना संक्रमित मृतकको संख्या ७ सय १५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि बिहिबार १९ जनाको मृत्यु भएको थियो।
गत २४ घण्टामा ४ हजार ३ सय ९२ जना भेटिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख २६ हजार १ सय ३७ पुगेको छ। कुल संक्रमितमध्ये ३७ हजार ३ सय ८२ सक्रिय संक्रमित छन्।
कोरोनाको आशंकामा गत २४ घण्टामा १६ हजार ५ सय ३१ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै नेपालमा कुल पिसिआर परीक्षणको संख्या १२ लाख ५४ हजार १ सय ६७ पुगेको मन्त्रालयले जनाएको छ ।
हाल ४ हजार ८ सय ८ जना क्वारेन्टाइनमा छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ को उपचारमा प्रत्यक्ष रुपमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कोरोना लक्षण वा पोजिटिभ देखिए मात्र आइसोलेसन बस्न निर्देशन दिएको छ।
मन्त्रालयको असोज २९ गतेको सचिवस्तरीय बैठकले कोभिड-१९ का बिरामीहरुका उपचारमा प्रत्यक्षरुपमा संलग्न स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीहरुको व्यवस्थापनसम्बन्धि मार्ग निर्देशन, २०७७ परिमार्जन गर्दै यस्तो निर्णय गरेको हो।
मन्त्रालयको स्वास्थ्य आपतकालिन तथा विपद् व्यवस्थापन ईकाईले सत्रै कोभिड९१ अस्पतालहरुलाई पत्राचार गर्दै कोभिड बिरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कोभिडकोलक्षण देखिए वा पोजिटिभ आएमा मात्र क्वारेन्टाइन वा आइसोलेसन राख्ने/ बस्ने व्यवस्था गर्नुपर्ने जनाएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार असोज २० गतेसम्म देशभर ३ हजार ९५४ जना स्वास्थ्यकर्मीहरुमा कोरोना संक्रमण देखिएको छ। दुई जना संक्रमित स्वास्थ्यकर्मीको मृत्यु भएको छ।
काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्भवती, बालबालिका, ज्येष्ठ नागरिक र दीर्घ रोगीहरुलाई घर बाहिर ननिस्कन आग्रह गरेको छ।
काठमाडौं उपत्यका लगायतका देशका विभिन्न भाग तिव्र रुपमा कोरोना संक्रमतिको संख्या बढ्न थालेपछि जोखिममा रहेका व्यक्तिलाई घरबाहिर ननिस्कन मन्त्रालयले अनुरोध गरेको हो।
कोरोनाको नियमित ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अत्यावश्यक बाहेक गर्भवती, ज्येष्ठ नागरिक र दीर्घ रोगीहरुलाई बाहिर ननिस्कन आग्रह गरेको हुन्। यी व्यक्तिहरुलाई कोरोना संक्रमणको उच्च जोखिममा हुने भन्दै घर भित्रै बस्न मन्त्रालयको आग्रह छ।
अस्पतालहरुमा आइसियु भरिदै गएकाले स्वास्थ्यको ख्याल गर्न प्रवक्ता गौतमले आग्रह गरे। परिवारका अन्य सदस्यहरु पनि उनीहरुको कम सम्पर्कमा रहन मन्त्रालयले सबैलाई अपिल गरेको छ।
एजेन्सी | एक व्यक्तिले अवैध सम्बन्ध राखेको आशंकामा आफ्नै श्रीमतीको यौनाङ्ग सुपर ग्लुले टालिदिएका छन् | घटना यो अफ्रिकी मुलुक केन्याको हो | श्रीमानले योनाङ्ग टालिदिएपछि श्रीमती छटपटाई रहेकी थिइन् |
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार उनको अवस्था गम्भीर रहेको छ | छिमेकीले उद्दार गरेर उनलाई स्पतालमा भर्ना गरेका थिए | मिडिया रिपोर्टका अनुसार ३६ वर्षीय डेनिस मुमो मानसिक रुपमा बिरामी छन् । उनले आफ्नी पत्नीको मोबाइलमा केही म्यासेज र तस्बिरहरु देखेका थिए । उनले त्यसलाई नै आधार मानेर पत्नीको अवैध सम्बन्ध भएको आशंका गरेका हुन् |
उनकी श्रीमतीले उनी घरमा नभएको समयमा परपुरुषसँग सम्बन्ध राख्ने गरेको उनको दाबी छ | श्रीमतीलाई बाँधेर उनको यौनाङ्गमा सुपरग्लुले टालिदिएर आफु फरार रहेको उद्दारकर्ताहरुको भनाई रहेको छ | जब एक जना छिमेकीले उनलाई समाउने कोसिस गरेका थिए । तर उनलाई कुटपिट गरी उनी फरार भएका थिए । यद्यपि,आरोपीलाई प्रहरीले पक्राउ गरिसकेको छ । उनले प्रहरी समक्ष आफ्नो गल्ती स्वीकारेका छन् |
मुसोले आफ्नी पत्नीको दोषको प्रमाण दिएका छन् । उनले चार पुरुषहरुले पत्नीलाई पठाएका म्यासेज र तस्बिर सार्वजनिक गरेका छन् | प्रहरीले मुसोमाथि घरेलु हिंसाको आरोप लगाएको छ । उनकी पत्नीको प्रजनन अंगमा गहिरो चोट लागेको छ । उनको उपचार भइरहेको भए पनि उनमा बाँझोपनको समस्या आउन सक्ने डाक्टरहरुको भनाई छ |
एजेन्सी | ब्रिटेनको ३०० वर्ष पुरानो रेस डर्किङ्मा आइतवार सकिएको छ। उक्त दौड प्रतियोगितामा एक्लै नभएर आफ्नी श्रीमतीलाई पिठ्युमा बोकेर दौडिनु पर्दछ।
४०० मिटरको यो दौडमा १५० श्रीमानहरु आफ्ना श्रीमतीलाई पिठ्युँमा बोकेर दौडिएका थिए। दौडमा भाग लिनको लागि आफ्नी श्रीमतीको तौल थोरैमा ५० ग्राम हुनु पर्दछ। रेस जित्नका लागि महिलाहरु तीन महिना अगाडि बाटै आफ्नो तौल घटाउन थाल्दछन्।
उक्त प्रतियोगितामा विजेतालाई २२ हजार रुपैयाँको पुरस्कार र एक ट्रफी दिने गरिन्छ। यो प्रतियोगिता केहि समय बन्द भएको थियो तर आजभन्दा १३ वर्ष अगाडि फेरी प्रतियोगिता शुरु गरिएको थियो |
कोरोनाभाइरसले विश्व नै आक्रान्त बनेका बेला भारतको उत्तर प्रदेश राज्यस्थित वाराणसीमा एउटा मन्दिरका पुजारीले भगवानको मूर्तिमा पनि मास्क लगाइदिएका छन् |
सबैतिर कोरोनाभाइरसको असर देखिएका कारण मानिसलाई जागरुक गर्नका लागि भगवान शिवको मूर्तिमा मास्क लगाइएको वाराणसीस्थित पहलादेश्वर महादेव मन्दिरका पुजारी कृष्णा आनन्द पाण्डेले बताए |
उक्त मन्दिरमा भगवानको मूर्तिलाई नछुन पनि अपिल गरिएको छ |
मानिसहरुले संकटको बेलामा भगवानलाई सम्झने र मन्दिरमा पुगेर प्रार्थना गर्ने गरेकाले पनि सर्वसाधारणमा यस्तो संकट आइपरेको अवस्थामा मन्दिरमै जनचेतानामूलक गतिविधि गरिएको उनको भनाई छ | समय मन्दिरमा आउने भक्तजनहरुले समेत मास्क लगाउन थालेको र हातले नछोइकन टाढैबाट पूजा गर्न थालेको उनले बताए |
यसले कोरोनाबाट बच्न मानिसले अपनाउनुपर्ने सावधानीबारे सचेतना वृद्धि हुने उनको भनाइ छ |
(रासस–एएफपी) | रसियाको र्याजान क्षेत्रमा एक व्यक्तिले रातिको समयमा आफ्नो घरको झ्यालमुनि सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या गरेका छन् ।

अनुसन्धानकर्ताका अनुसार कोरोनाभाइरसका कारण स्थानीयबासीलाई आआफ्ना घरभित्र बस्न आदेश दिइए पनि ती पाँच व्यक्ति अर्कैको घरछेउ सडकमा बसेर हल्ला गरेका थिए । मृत्यु भएकाहरुमा चार जना पुरुष र एक महिला छन् । यो घटना शनिबार राति १० बजे भएको थियो ।
राजधानी मस्कोबाट दक्षिणपूर्व करिब २०० किलोमिटर टाढाको र्याजान क्षेत्रस्थित येलात्मा गाउँमा उक्त घटना भएको अधिकारीहरुले बताएका छन् ।
प्रहरीले गोली चलाउने व्यक्तिलाई एक थान राइफल सहित गिरफ्तार गरेको छ ।
(बिबिसीको सहयोगमा) | अमेरिकाको यूटा राज्यमा खल्तीमा तीन डलर बोकेर गाडी चलाउदै गर्दा एक पाँच बर्षका बालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ति वालक आफू महँगो गाडी किन्न अर्को राज्यतिर जान लागेको प्रहरीलाई बताएका छन् ।
समाचारमा बिबिसीले लेखेको छ ‘धेरैजसो पाँच वर्षीय बालकहरू भान्छामा दूध पोखेर वा कुकुरको पुच्छर तानेर अभिभावकलाई तनाव दिन्छन् । तर पाँच वर्षीय एड्रीअनले परिवारको गाडी सडकमा निकाले र प्रहरीको नियन्त्रणमा पुगे ।’
राजमार्गमा ५० किलोमिटर प्रतिघण्टाको गतिमा गुडिरहेको गाडीले सडक अनुशासन पालना नगरेको देखेपछि प्रहरीले रोकेको थियो । चालकले प्रहरीको निर्देशन अनुसार गाडी रोके । तर चालकको आसनमा एउटा बालकलाई देख्दा प्रहरीहरू छक्क परे । बालकले आफू महँगो ल्याम्बोर्गीनी गाडी किन्न हिँडेको बताए । प्रहरीलाई ती बालकले बताए अनुसार आफूले कम्तीमा एक लाख ८० हजार डलर पर्ने गाडी किनिदिन गरेको अनुरोध आमाले नमानेपछि रिसाएर उनी घर छोडेर हिँडेका थिए ।