अमेरिकामा कोरोना संक्रमित हुनेको संख्या ८२ लाख भन्दा धेरै

667
Friendship Mobile

अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८२ लाख भन्दा बढी पुगेको छ।

यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८२ लाख १६ हजार ३१५ भन्दा बढी पुगेको छ।

विश्वमै सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कोभिड–१९ बाट दुई लाख २२ हजार ७१७ भन्दा बढीको ज्यान गएको छ।

विश्वभर संक्रमितको संख्या तीन करोड ९२ लाख २ हजार २८ भन्दा बढी रहेको छ।

अहिलेसम्म विश्वभर ११ लाख ३ हजार ३४३ भन्दा बढीको कोभिड–१९ का कारण ज्यान गएको छ।