भारतमा कोरोना संक्रमितको संख्या ७३ लाख नाघ्यो

203
Friendship Mobile

भारतमा कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरुको संख्या ७३ लाखभन्दा बढी पुगेको छ। भारतमा हालसम्म ७३ लाख ७० हजार ४६८ भन्दा बढी कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन्।

यस्तै भारतमा कोरोनाका कारण अहिलेसम्म एक लाख १२ हजार १६१ जनाको मृत्यु भएको छ भने हालसम्म भारतमा ६४ लाख ४८ हजार ६५८ भन्दा बढी कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन्।

विश्वभर भने संक्रमितको संख्या तीन करोड ९२ लाख २ हजार २८ भन्दा बढी रहेको छ। अहिलेसम्म विश्वभर ११ लाख ३ हजार ३४३ भन्दा बढीको कोभिड–१९ का कारण ज्यान गएको छ।