अग्रपंक्तिमा खटिने साहसीहरुलाई सलाम, बन्यो गीत

245
Friendship Mobile

कोभिड–१९ महामारीको कठीन घडीमा आफ्नो ज्यानको समेत माया नगरी अग्रपंक्तिमा खटिनेहरूको सम्मान स्वरुप युनाइटेट सिमेन्ट्सले एक म्युजिक भिडियो बनाएर सार्वजनिक गरेको छ ।
म्यूजिक भिडियोको एक मात्र लक्ष्य कठीन घडीमा आफ्नो ज्यानको समेत माया नगरी अग्रपंक्तिमा खटिने साहसीहरुलाई धन्यवाद भन्नु र सम्मान स्वरुप सलाम गर्नु रहेको बताइएको छ ।

अहिले कोभिड–१९ ले पुरा विश्व नै आक्रान्त पारेको अवस्थामा, यो गीतले अग्रस्थानमा काम गर्ने सम्पूर्णको मनोबल बढाउने धारणा यूनाइटेड  सिमेन्ट्सले  ब्यक्त गरेको छ ।

रामकृष्ण ढकाल, सुगम पोखरेल, प्रमोद खरेल, रजिना रिमाल, मेलिना राई, मोहित मुनाल र सन्तोष दंगालको सुमधूर स्वर, रचनाकार सन्तोष पौड्यालको कुशल लेखन, मोहित मुनालको संगीत संयोजन र कलाकार व्यवस्थापन र अन्य थुप्रैको अथाह मेहेनतले युनाइटेड सिमेन्ट्सले यो म्यूजिक भिडियो सबै समक्ष ल्याउन सफल भएको हो । रातोपाटी बाट ।