चन्द्रनगरबाट लागूऔषधसहित तीन युवक पक्राउ

303
Friendship Mobile

प्रहरीले सर्लाहीको चन्द्रनगर गाउँपालिका–३, बाट लागूऔषधसहित तीन युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ईश्वरपुर नगरपालिका–९, रामनगर बस्ने १८ वर्षीय सुशान्त चौधरी, २० वर्षीय अमृत कुमार साह र २१ वर्षीय राम प्रवेश साह रहेका छन् । भारततर्फबाट आउँदै गरेको ना १७ प १२२९ नम्वरको मोटरसाइकलमा सवार उनीहरुलाई रोकेर चेकजाँच गर्दा १२ सय वटा नाईट्राभेट ट्याब्लेट बरामद भएको प्रहरी चौकी मोहनपुरले जनाएको छ ।

यसअघि प्रहरीले पर्सा गाउँपालिका–३, नारायणपुरबाट ५ किलो गाँजासहित बीआर ३० एम ३४२९ नम्वरको मोटरसाइकल नियन्त्रणमा लिएको थियो ।