क्रिकेट रंगशाला बनाउन धुर्मुस सुन्तली फाउण्डेसनलाई १ करोड ५० लाख सहयोग

213
Friendship Mobile

भरतपुर महानगरपालिकाले चितवनमा बन्दै गरेको गौतम बुद्ध क्रिकेट रंगशाला निर्माणका लागि थप १ करोड ५० लाख रुपैया सहयोग गरेको छ ।

महानगरपालिकामा आयोजित समारोहमा मेयर रेणु दाहालले रंगशाला निर्माण अभियानका संयोजक सीताराम कट्टेल ‘धुर्मुस’लाई सो रकम हस्तान्तरण गरेकी हुन् ।

‘क्रिकेट रंगशाला निर्माणका लागि भरतपुर महानगरपालिकाबाट आज धुर्मुस सुन्तली फाउण्डेसनलाई १ करोड ५० लाख थप सहयोग प्रदान गरिएको छ’ मेयर दाहालले भनिन् ।

हाल क्रिकेट रंगशाला निर्माणको काम जारी रहेको छ ।