रौतहटमा एक दम्पतिमाथी साङघातिक आक्रमण, स्वास्थ्य अवस्था सुधारोन्मुख

279
Friendship Mobile

रौतहटमा एक दम्पतिमाथी साङघातिक आक्रामण भएको छ । रौतहटको मौलापुर नगरपालिका वडा नं ५ पतौराका हरेन्द्र साह र उनकी श्रीमती शिला देवी माथि धारिलो हतियार प्रयोग गरि आक्रमण भएको हो ।

धारिलो हतियारको आक्रमणले हरेन्द्रको दाहिने कानका छेउमा र पत्नीको दाहिने पाखुरामा गम्भीर घाउ लागेको जनाइएको छ ।

शनिबार राती आक्रमणमा परि घाइते अवस्थामा रहेकाले थप उपचारका लागि राति नै एलएसमा न्युरो अस्पताल वीरगञ्ज पठाइएको थियो । उपचारारत दम्पतिको अवस्था सुधार हुँदै गएको जिल्ला प्रहरी प्रवक्ता भरत श्रेष्ठले जानकारी दिनु भयो ।

राति १ बजे साह दम्पती सुतिरहेका अवस्थामा अज्ञात समुहले धारिलो हतियारले आक्रमण गरेको थियो ।

आक्रमणको ठोस कारण खुल्न नसके पनि घटनास्थलको प्रकृति अनुसार साहका घरमा चोरी गर्ने उद्देश्यले आएको र जाग्राम भएपछि आफू बच्नलाई दम्पतीमाथि आक्रमण गरेर भागेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।