रौतहटमा चाडपर्व सुरक्षाका लागी ८ सय बढि प्रहरि – एस.पी.शाह

210
Friendship Mobile

दशैं तिहार दिपावली तथा छठपर्वमा यात्रुु तथा भक्तजनको सुरक्षार्थ ८ सय भन्दा बढी प्रहरी परिचालन गरिएको रौतहटका एसपी सिद्धि बिक्रम शाहले बताएका छन । एसपी शाहले चाडपर्वमा कुनैपनी अप्रिय घटना हुन नदिनका लागी नेपाल प्रहरी र सशस्त्र प्रहरीगरी ८ सय ४५ जना प्रहरि परिचालन गरिएको बताएका हुन ।

जिल्लाको शान्तीसुरक्षा सुुदृढ बनाउन एकिकृत योजना बनाई नेपाल प्रहरी र सशस्त्र प्रहरिलाई मोबाईल गाडी तथा मोटरसाईकलमा परिचालन गरिने उनले बताए ।

शान्तीसुरक्षालाई थप प्रभावकारी बनाउन संयुक्त तथा एकल प्रहरी परिचालन, घटना पश्चात तुुरुन्त राहत तथा अनुसन्धान गर्न छुट्टै टिम निर्माण गरीएको र चाँडपर्वमा बिशेष रुपले सुरक्षा प्रदान गर्न प्रदेश २ बाट थप ५० जना प्रहरीको टोली रौतहट आएको एसपी शाहले जानकारी दिए ।

त्यसैगरी चाँडपर्वमा सचेतनाको लागी जिल्ला प्रहरी कार्यालय मार्फत सुचना तयार गराएर जिल्लाको सबै एफ.एम. रेडियो र सबै दुुर्गापुजा स्थलमा माईकबाट प्रशारण गराईरहेको एस.पि.शाहले जानकारि दिए ।

जिल्लाको केही स्थानमा बडादशैं, झण्डामेला तथा अन्य केही पर्वमा हिन्दुु मुश्लिम बिच हुने तनावलाई ख्याल गर्दै त्यस्ता घटना हुन नदिन दुुबै समुुदाय र स्थानिय प्रशासनको सहभागितामा जिल्लामा सदभाव समिति समेत गठन गरीएको एसपी शाहले जानकारी दिएका छन ।