चिसापानीमा फुटबल प्रतियोगीता सुरु, प्रमुख अतिथीले बोले ‘जति पैसा लागेपनी ५ बर्षमा राम्रो खेलमैदान निर्माण हुन्छ’

928
Friendship Mobile

सर्लाहीको लालबन्दी नगरपालीकामा शुक्रबारबाट फुटबल प्रतीयोगिता सुरु भएको छ । लालबन्दी नगरपालीका १५ चिसापानीमा प्रतीयोगीता सुरु भएको हो ।

वडा नम्बर १५ मा रहेको नमोबुद्ध यूवाक्लबको आयोजनामा १५ र १६ मा पर्ने कालीञ्जोर खोलामा रहेको मैदानमा प्रतीयोगीता सुरु भएको हो । शुक्रबार एक कार्यक्रमका बिच नेकपाका जिल्ला अध्यक्ष रेवती पन्तले प्रतीयोगीताको उद्घाटन गरेका छन् ।

१५ र १६ वडाका २० टिम सहभागी हुने प्रतियोगीताको उद्घाटन कार्यक्रममा सभापतीत्व क्लवका अध्यक्ष राम बहादुर जिम्बाको रहेको थियो भने अतिथीहरुमा वडा नम्बर १५ र १६ का वडाध्यक्षहरु गोरख बल र गणेश थापा, नेकपाका नेताहरु गोबिन्द अधिकारि, प्रकाश थापा, भिम कुमार केसि, युवानेताहरु कृष्ण प्रसाद दाहाल, अहमद मिकरानी, अर्थ बहादुर थिङ, मान बहादुर थिङ, सुजन बम्जन, सुर्य बहादुर जिम्बा, वडा नम्बर १५ को महिला वडा सदस्य कान्छिमाया जिम्बा, नेकपाको वडा नम्बर १५ संयन्त्रका संयोजक बलराम खड्का र सदस्य चन्द्र बहादुर वाईबा लगाएतको उपस्थिती रहेको थियो ।

अस्थाई प्रहरि पोष्ट परवानीपुरका प्रतिनिधि, सञ्चारकर्मि राज बिश्वकर्मा सहित खेल प्रेमी दर्शकहरुको उल्लेख्य उपस्थिती रहेको प्रतियोगीता कार्तिक २६ गतेसम्म चल्ने छ ।

कार्यक्रमका बक्ताहरुले आफुहरुको क्षेत्रमा खेलमैदानको समस्या रहेको बताउँदै यसको उचित ब्यबस्थापनका लागी नेकपाका जिल्ला अध्यक्ष पन्त समक्ष अनुरोध गरेका थिए । जवाफमा जिल्ला अध्यक्ष पन्तले यस क्षेत्रमा ५ बर्ष भित्र जतिसुकै बजेट लागेपनी आफुले खेल मैदान निर्माणका लागी पहल गर्ने प्रतिबद्धता प्रकट गर्दै प्रपोजल पेस गर्न आग्रह गरेका थिए ।

प्रतियोगीतामा प्रथम र द्वितिय स्थान प्राप्त गर्ने टिमलाई क्रमशः १५ हजार र ८ हजार नगदका साथै शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने प्रतियोगीता संयोजक अमृत वाईबाले जानकारि दिए ।

प्रतियोगीता सफल रुपमा सम्पन्न गर्नका लागी बिभिन्न ब्यक्ति तथा संस्थाले नगद तथा जिन्सि समान सहयोग गरेका छन भने नेकपा जिल्ला अध्यक्ष पन्तले समेत १० हजार नगद सहयोग गरेका थिए ।

प्रतियोगीता उचित खेल मैदानको अभावमा वडा नम्बर १५ र १६ अन्तर्गत पर्ने कालीञ्जोर खोलाले कटान गरि छोडेको बलौटे खाली ठाउँमा सञ्चालन भईरहेको छ ।