बालमन्दिरमा आश्रीत बालबालीकालाई टिका र जमरा लगाएर अभिभावकत्व ग्रहण

438
Friendship Mobile

सर्लाहीको मलगंवामा अवस्थित वाल मन्दिरमा रहेका बालवालीकालाई बुधवार टिका र जमरा लगाएर आशिर्वाद प्रदान गरिएको छ ।

बुधवार बिहान जिल्लाका प्रमुख जिल्ला अधिकारि सुरेन्द्र पौडेलको बिशेष उपस्थितीमा बालमन्दिरमा रहेका बालाबलीकाहरुलाई टिका र जमरा लगाएर अभिभावकत्व ग्रहण गरिएको हो ।

बाल संगठन सर्लाहीको मातहतमा रहेको सो मन्दिरका ८ जना बालबालीकालाई प्रजिअ पौडेल र संगठनका अध्यक्ष समिम बाबु खानले टिका र जमरा लगाएर बिजया दशमिको शुभकामना दिँदै अभिभावकत्व ग्रहण गरेका हुन ।

बाल मन्दिरमा १० जना बालबालीका रहेकामा ८ जनालाई टिका र जमरा लगाईएको संगठनका अध्यक्ष खानले लिडन्युज नेपाललाई जानकारि दिनुभयो ।

पछिल्लो समय संगठनको अध्यक्षमा खान चयन भएपछि बिभिन्न खाले सकारात्मक कार्यहरु भईरहेका छन ।