पछील्लो २४ घण्टामा १७ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ९३७ पुग्यो


नेपालमा एकै दिन थप १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ९ सय ३७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा थप २ हजार २ सय ६४ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।
देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
यो सँगै नेपालमा एक लाख ३१ हजार २ सय २२ जना संक्रमित उपचारपछि निको भएका छन्। मन्त्रालयको अनुसार संक्रमणमुक्त हुनेको संख्या ७६दशमलभ ९ प्रतिशत रहेको छ।
आज मन्त्रालयका अनुसार ९ हजार २ सय ७९ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै १४ लाख ४३ हजार ३ सय ४३ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार २ हजार ४ सय १० जना क्वारेन्टाइनमा छन्। नेपालमा ३८ हजार ३ सय ५७ जना संक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ।