पूर्वसमूहभित्रको समीकरणको खेल खेल्न खोज्दा विभाजनको दुर्भाग्य निम्तिन लाग्यो : ईश्वर पोखरेल

305
Friendship Mobile

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा संवादहीनतासहित द्वन्द्व चरम उत्सर्षमा पुगेका वेला पार्टीका नेताहरूले धमाधम आ–आफ्नो धारणा सार्वजनिक गर्न थालेका छन् ।

त्यसमा सरकारमा रहेका मन्त्रीहरूसमेतले पनि आ–आफ्नो धारणा सार्वजनिक गर्न थालेका छन् । 

यसैक्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेलले पार्टी एकताका वेला गरिएको सहमतिविपरीत पूर्वसमूहभित्रको गुटगत आबद्धतालाई समाएर समीकरणको खेल खेल्न खोज्दा विभाजनको दुर्भाग्य निम्तिन लागेको जनाएका छन् । 

उनले व्यक्तिगत स्वार्थका कारण यसो गर्नेहरूसित असहमति जनाउँदै पार्टीको एकता बचाउनुपर्नेमा जोड दिएका छन् । 
उनले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो प्रतिक्रिया सार्वजनिक गरेका नयाँ पत्रीकामा खबर छ ।