डा. एन्थोनीलाई ट्रम्पले चुनावपछि बर्खास्त गर्ने संकेत

326
Friendship Mobile

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वरिष्ठ सरुवा रोग विज्ञ तथा वैज्ञानिक डा. एन्थोनी फाउचीलाई चुनावपछि बर्खास्त गर्न सक्ने संकेत गरेका छन्।

फ्लोरिडामा भएको चुनावी सभालाई सम्बोधन गर्ने क्रममा ट्रम्पले डा. फाउचीलाई नोभेम्बर ३ को चुनावपछि बर्खास्त गर्न सक्ने बताएका हुन्।

स्थानीय समय अनुसार आइतबार मध्यरातमा भएको चुनावी सभामा समर्थकले ‘फायर फाउची’ (फाउचीलाई बर्खास्त गर) नारा लगाएपछि ट्रम्पले त्यसमा विचार गर्ने बताएका हुन्।

त्यसपछि ट्रम्पले डा. फाउची राम्रो व्यक्ति रहेको तर धेरै पटक गलत भएको बताए।

फाउचीलाई बर्खास्त गर्नु पर्ने मागसहितको नारा लगाएका ट्रम्पको सभाका अधिकांश सहभागीले मास्क लगाएका थिएनन्।

यसअघि राष्ट्रपति कार्यालय ह्वाइट हाउसले देशका प्रमुख सरुवा रोग विज्ञ डा. एन्थोनी फाउचीमाथि चुनावको पूर्व सन्ध्यामा राजनीतिक चलखेल गरेको आरोप लगाएको थियो।