रौतहटमा कक्षा ११ को परिक्षा मंसिर १८ बाट संचालन हुने

275
Friendship Mobile

शिक्षा समन्वय ईकाई रौतहटका कार्यलय प्रमुख राम बिनय सिंहको संयोजकत्वमा सोमबार अनलाईन जुम मिटिङ सम्पन्न भएको छ । जिल्लाका बिभिन्न पेशागत संगठनका अध्यक्ष, बिभिन्न पालिकाका शिक्षा संयोजक, सम्बन्धीत बिधालयका प्रधानाअध्यापक लगाएतको जुम मिटिङ भएको हो ।

संयुक्त जुम मिटिङ्गले बिभिन्न निर्णय समेत गरेको छ । बैठकले कक्षा ११ को परिक्षा आउँदो मसिंर १८ गते देखी जिल्ला भरी संचालन गर्ने निर्णय गरेको छ । केहि विधालयहरुले भने यही कार्तिक २० गते बाट परिक्षा संचालन गर्ने निर्णय गरेकोमा त्यसलाइ तुरुन्त स्थगित गर्ने समेत निर्णय गरिएको छ ।

मसिंर १८ गत्तेबाट परिक्षा सञ्चालन तथा ब्यबस्थापन एवं सबै माबि प्रमुख सँगै संयोजक खटाउने सम्बन्धमा भोली १९ गते जुम मिटिङ्ग बस्ने मिती तय गरिएको नेपाल शिक्षक संघ रौतहटका अध्यक्ष एवं माबि बरगजवाका प्रधानाअध्यापक राम कृपाल यादवले जानकारी बताउनुभयो ।