‘RRR’ प्रदर्शनमा आए सिनेमा घर जलाउने भाजपा नेताको चेतावनी

390
Friendship Mobile

निर्देशक एसएस राजामौलीको नयाँ चलचित्र ‘आरआरआर’ विवादमा परेको छ। नायक जुनियर एनटीआरको लुक्स केही दिन अगाडि सार्वजनिक गरिएको थियो। जहाँ उनले कोमराम भीमको भूमिका निर्वाह गरेका छन्। यसमा उनले कुर्ता पायजामा र मुस्लिम टोपी लगाएको तस्बिर सार्वजनिक भएको थियो। 

तेलंगनाका भारतीय जनता पार्टीका नेता बादी संजयले चलचित्रमा फ्रिडम फाइटर भीम र उनको पहिरनप्रति आपत्ति जनाउँदै निर्देशकलाई धम्की दिएका छन्।

नेता बादी संजयले भीमको लुक्सलाई फेरि छायांकन नगरेको खण्डमा चलचित्र रिलिजको समयमा समस्या हुने चेतावनी दिएका भारतीय संचारमाध्यमले जनाएका छन्। भीमको पहिरन परिवर्तन नगरेको खण्डमा चलचित्र रिलिजको समयमा हलमा आगो लगाइदिने चेतावनीसमेत उनले दिएका छन्।

राजामौलीको यो फिल्म आदिवासी नेता कोमाराम भीममा आधारित छ। कोमारामलाई आन्ध्रप्रदेश, तेलंगाना, महाराष्ट्र र  छत्तीसगढका कयौं क्षेत्रमा भगवानको रुपमा पुज्ने गरिएको छ।

राजामौलीका लागि यो फिल्म महत्वाकांक्षी प्रोजेक्टको रुपमा हेरिएको छ। फिल्मका लागि बजेट मात्र ४ सय ५० करोड रहेको बताइएको छ। फिल्ममा एनटीआर, रामचरण, अजय देवगन, आलिया भट्टको अभिनय छ।

फिल्ममा स्वतन्त्र सेनानी कोमाराम भीम र अल्लुरी सीतारामाको कहानी छ।