प्रधानाध्यापक गोविन्द घरडी मंगलबार मृत फेला परे, हत्या गरिएको हुन सक्ने परिवारको आशंका

419
Friendship Mobile

बैतडी : डिलाशैनी गाउँपालिका–२ स्थित डाँडाबाग आधारभूत विद्यालय कपट्टाका प्रधानाध्यापक गोविन्द घरडी मंगलबार मृत फेला परेका छन् । ४५ वर्षीय प्रधानाध्यापक घरडी दार्चुलाको शैल्यशिखर नगरपालिका–९ शिवपुरी धाम नजिक फेला परेका हुन्। 

मृतक घरडीको शरीरमा निलडाम तथा घाउ रहेको इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी निरीक्षक खगेन्द्रसिंह साउँदले जानकारी दिए। साथै उनको साथमा नगद ८५ हजारसमेत भेट्टिएको छ।

घरडीसँगै रहेका अन्य ४ जना शिक्षक पनि तलब बुझ्न आएका भए पनि उनीहरु सोमबार नै घर फर्किएका बताइएको छ। घरडी घर नफर्केपछि खोजी गर्दा मंगलबार बिहान ७ बजे मृत अवस्थामा फेला परेका हुन्।

मृतकको शरीरमा निलडाम र घाउ रहेकोले हत्या गरेर फालेको आफन्तको आशंका छ।