रौतहट ट्राफिक प्रहरिले ग¥यो ट्राफिक नियम सम्बन्धि जनचेतनामुलक कार्यक्रम

221
Friendship Mobile

रौतहट जिल्लाको प्रसिद्ध धार्मिक स्थल शिवनगरमा हिजो मंगलबार ट्राफिक प्रहरीले जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ ।

रौतहटको शिवनगरमा मोटर साईकल चालकहरुलाई नियमित रूपमा हेल्मेट लगाउने, ओभर टेक गर्दा अगाडि पछाडि हेरेर गर्ने, तिब्र गतिमा सवारि नचलाउने, सवारीको सम्पुर्ण कागजात नियमित रूपमा बोक्ने लगायत ट्राफिक नियमको पालना गर्ने सम्बन्धि जनचेतना कार्यक्रम गरेको ट्राफिक प्रहरिले जानकारि दिएको छ ।

जिल्लामा पुर्व पश्चिम राममार्ग बाहेका सडकमा मोटरसाईकल चलाउँदा प्रायःले हेल्मेट लगाउने गरेका छैनन् । जसका कारण सुरु हुँदै गरेको जाडो मौसममा स्वास्थ्यमा प्रतिकुल समस्या देखिन सक्ने चिकित्सको तर्क छ । चिकित्सकका अनुसार चिसो मौसममा हेल्मेट लगाउँदा दुर्घटनामा क्षतिबाट बचाउनुका साथै स्वास्थ्य समस्या बाट पनी बचाउँछ ।