लालबन्दीकि एक शिक्षिकाले आफ्नो जन्मदिनमा बाँडिन छात्रछात्रालाई शैक्षिक सामाग्री

795
Friendship Mobile

सर्लाहीको लालबन्दी नगरपालीकामा एक प्राथमिक बिद्यालयकि शिक्षिकाले आफ्नो जन्मदिनमा बिद्यालयमा अध्ययन गर्ने छात्रछात्रालाई शैक्षिक सामाग्री प्रदान गर्नुभएको छ ।

लालबन्दी नगरपालीका वडा नम्बर १५ अर्नेडाँडाको श्री प्राथमिक बिद्यालयमा कार्यरत शिक्षिका बिन्दु रामदाम बिश्वकर्माले बुधवार आफ्नो जन्मदिनमा बिद्यालयमा अध्ययन गर्ने छात्रछात्रालाई कपि र कलम बितरण गर्नुभएको हो ।

कापी कलम लिएपछी सामुहिक फोटो खिचाउँदै छात्र छात्रा

पुर्ब पश्चिम राजमार्गबाट मोटरसाईकलमा करिव १ घण्टामा पुगीने उक्त बिद्यालयमा कोरोना संक्रमणलाई मध्यनजर गर्दै सावधानी अपनाएर पठन पाठन गरिँदै आएको छ । भौगोेलीक रुपमा बिकट स्थानमा रहेको बिद्यालयमा अध्ययनका लागी बालशिसु तथा प्राथमिक तहका बालबालीकाहरु १ घण्टाको बाटो हिँडेर पुग्ने गरेका छन ।

कोरोनाको महामारिका बेला बिबिध समस्याबाट गुज्रिरहेका त्यस ठाउँका बालबालीकाहरुलाई पठन पाठनमा सहजता होस भनेर जन्मदिनको अवशर पारेर सानो भएपनी सहयोग गरिएको बिद्यालयकि शिक्षिका रामदामलाई उद्धृत गर्दै प्रधानाध्यापक सोम बहादुर गोलेले जानकारि दिनुभएको छ ।