भारतीय पत्रकार अर्नव गोस्वामी १४ दिन हिरासतमा
भारतको रिपब्लिक टेलिभिजनका सम्पादक अर्नव गोस्वामीलाई १४ दिनको न्यायिक हिरासतमा पठाईएको छ।
अर्नव बाहेक अन्य दुई जनालाई सन् २०१८ मा एक व्यक्तिको आत्महत्याका लागि उक्साएको आरोपमा मुम्ईबको एक अदालतले बुधबार राति न्यायिक हिरासतमा पठाउने निर्णय सुनाएको हो।
अर्नव गोस्वामीका वकील अबाद पोंडाले धरौटीमा रिहाईका लागि निवेदन दर्ता गराएका छन्, जसको सुनुवाइ बिहीबार हुने छ।
२०१८मा ईन्टेरियर डिजाईनर अन्वय नाइक र उनकी आमा कुमुद नाइकको मृत्युको विषयमा अनुसन्धान गर्न अनर्वलाई बुधबार घरबाटै पक्राउ गरिएको थियो। पछिल्लो समय उनी मुम्बई प्रहरी र महाराष्ट सरकारको आलोचनामा उत्रिएका थिए।