भारतीय स्थल सेनाध्यक्ष नरवणेलाई आज मानार्थ महारथीको दर्जा दिइँदै

259
Friendship Mobile
  • पदवी पाउने नरवणे १८औँ सेनाध्यक्ष

भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेलाई आज मानार्थ महारथीको दर्जा दिँदै छ। प्रधानसेनापति पुर्णचन्द्र थापाको औपचारिक निमन्त्रणमा हिजो नेपाल आएका सेनाध्यक्ष नरवणेलाई आज अपरान्ह चार बजे राष्ट्रपति विद्यादेवि भण्डारीले मानार्थ महारथीको दर्जा दिँदैछिन्। 

सन् १९५० मा पहिलो पटक सुरु भएको मानार्थ महारथीको दर्जा दिने परम्पराले ७० वर्षसम्म पनि निरन्तरता पाइरहेको छ।  सन् १९५० मा स्वतन्त्र भारतका जनरल केएम करियप्पालाई पहिलोपटक नेपालमा मानार्थ महारथी पदवी प्रदान गरिएको थियो।

नेपाली सेनाका तर्फबाट भने त्यसको ठिक १९ वर्षपछि अर्थात सन् १९६९ मा सुरेन्द्रबहादुर शाहले भारतीय सेनाको मानार्थ महारथीको दर्जा ग्रहण गरेका थिए।