पूर्व श्रीमतीको खुकुरीले काटेर पतिले गरे हत्या

259
Friendship Mobile

सोलुखुम्बु : सोताङ गाउँपालिका ३ मा पूर्व पतिको खुकुरी प्रहारबाट पत्निको ज्यान गएको छ। २९ वर्षीय पूर्वपति होम बहादुर राईको खुकुरी प्रहारबाट २८ वर्षीया सोमा लामाको घटनास्थलमै ज्यान गएको सोलुखुम्बु प्रहरीले जनाएको छ।

 होम बहादुर र सोमा लामा श्रीमान श्रीमति भएपनि २०७७ को बैशाखमा सोमा लामा स्थानीय २७ वर्षीया नन्द राज राईसँग गएर सँगै बस्दै आएको पाइएको छ।

स्थानीय कुमार राईको घरमा बुधबार साँझ ६ः३० बजे भेटभई बिबाद हुँदा होमबहादुरले खुकुरी प्रहार गरि टाउँको तथा शरीरको अन्य विभिन्न भागमा हान्दा सोमाको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सुचना अधिकारी महेन्द्र दर्नालले जानकारी दिए। थाहा खबरमा समाचार छ ।