बहुगुणी मुलाका फाईदाहरु :

576
Friendship Mobile

मुला बहुगुणी मात्र होइन, बहुउपयोगी पनि छ । यसलाई तपाई अचार बनाएर खान सक्नुहुनेछ, तरकारी बनाएर खान सक्नुहुनेछ, सलादको रुपमा खान सक्नुहुनेछ । अरु विभिन्न परिकारमा मिश्रण गरेर खान सक्नुहुन्छ ।

आधुनिक जीवनशैलीका कारण मानिसहरु जंकफुड, चिल्लो, पिरो, तारेको तथा भुटेको खानेकुरातिर आर्कषित बन्दै गएका छन् । यस्ता खानेकुराले पेट सम्बन्धि समस्या निम्त्याउनुका साथै उच्च रक्तचाप, हाई कोलेस्ट्रोल, मधुमेह, मोटोपना, मुटु रोग, क्यान्सर, लगायतका दिर्घकालीन रोग निम्त्याउने गर्दछ । यस्ता समस्याबाट बच्नका लागि ताजा एवं स्वस्थ खानपान जरुरी छ । स्वस्थ खानपान विशेषगरी फलफुल, तरकारी हरिया साजसब्जी लगायतबाट पाइन्छ ।

खानामा हरिया सागसब्जी, गेडागुडी तथा सलादको मात्रा बढाएर पनि शरीरलाई आवश्यक पर्ने पोषणतत्व प्रदान गर्न सकिन्छ । सलादमा पनि विशेषगरी गाजर, मुला, काक्रो, टमाटरलाई विशेष स्थान दिन सकिन्छ । मुलामा डिटक्सिफाइङ्ग गुण हुन्छ जसले पाचन प्रणालीलाई चुस्त बनाई कब्जियत हुने समस्याबाट राहत प्रदान गर्छ । त्यसैले पनि पाइल्स हुने व्यक्तिलाई चिकित्सकहरु मुला वा मुलाको जुस सेवन गर्न सल्लाह दिने गर्दछन् ।

मुलामा ननडाइजेस्टिबल कार्बोहाइड्रेट भरपुर मात्रामा पाइन्छ जसबाट तौल कम गर्नमा लाभदायक मानिन्छ । त्यसबाहेक, मुलामा क्यालोरीको मात्रा ज्यादै न्युन हुन्छ र यसले शरीरको फ्याटलाई एकत्रित हुनबाट रोक्ने काम गर्छ । त्यतिमात्र हैन, यसले वेली फ्याट पनि कम गर्ने हुँदा वजन कम गर्न चाहनेहरुका लागि राम्रो विकल्प हुन सक्दछ । मांसपेशीलाई मजबुती प्रदान गर्नका लागि पनि शरीरलाई विभिन्न पोषणतत्वको आवश्यकता पर्छ ।

त्यसमध्यको एक प्रोटिन पनि हो, जसले मांसपेशीमा व्लिडिङ्ग व्लक सरह काम गर्छ । र मुलामा प्रशस्त मात्रामा प्रोटिन पाइने हुदाँ मांसपेशीलाई मजबुत बनाउन पनि मुला सेवन गर्न जरुरी छ । जण्डिस लाग्दा होस् वा कलेजो सम्बन्धि कुनै समस्या हुदाँ होस्, चिकित्सकहरु प्राय मुला सेवन गर्नु सल्लाह दिने गर्छन् । मुलामा विशेषगरी एन्टी व्याक्टेरियल गुण हुन्छ जसले पेट र कलेजोलाई स्वस्थ राख्न मद्दत गर्छ ।

मुलामा डिटक्सिफाइङ्ग तत्व समेत हुने भएकोले यसले रगतमा भएका विषाक्त पदार्थलाई छान्न मद्दत गर्छ । साथै, यसले कलेजामा हुने विषाक्तलाई समेत सफा गरी कलेजोमा संक्रमण हुनबाट जोगाउँछ । मुलामा एन्टी अक्सिडेन्ट उच्च पाइन्छ । एन्टी अक्सिडेन्टले फ्रि रेडिकल्ससित लड्नमा मद्दत गर्छ र सेल्स विग्रनबाट जोगाउँछ ।