रौतहटको मावि भसेढवामा विद्यार्थीलाई बाँडियो दिवा खाजावापत लाखौँ रकम

930
Friendship Mobile

रौतहटको कटहरिया नगरपालिका १ माध्यमिक विद्यालय भसेढवामा बिहिवार विधार्थीहरुको दिवा खाजावापतको रकम वितरण गरिएको छ । विद्यालयको प्रांगणमा बिहिवार दिवा खाजा व्यवस्थापन समितिका अध्यक्ष हरिलाल राय यादवको अध्यक्षतामा भएको एक कार्यक्रमकाबीच विद्यालयको गत वर्ष २०७६ का विद्यार्थीहरुको दिवा खाजा वापतको रकम वितरण गरिएको हो ।

माध्यमिक विद्यालय भसेढवाका शिशु कक्षा देखी कक्षा ५ सम्मका अध्ययनरत छात्रछात्राहरुलाई खाजा वापतको ७ लाख ८२ हजार ९५५ रुपैयाँ नगद वितरण गरिएको छ । विद्यालयमा अध्ययनरत १६९ जना छात्र र २०५ जना छात्रा गरी कुल ३७४ जना विद्यार्थीहरुलाई खाजा वापतको रकम वितरण गरिएको विद्यालयका प्रधानाध्यापक सचिन्द्र प्रसाद यादवले जानकारी दिनुभयो ।

विद्यार्थीहरुलाई प्रतिदिनको रु १५ रुपैयाँको दरले रकम वितरण गरिएको छ । २०७६ भदौदेखी २०७६ चैत्र ५ गतेसम्म जम्मा कक्षा सञ्चालन भएको १३७ दिन वापतको दिवा खाजाको रकम उपलब्ध गराइएको प्रधानाध्यापक यादवले जानकारी दिनुभयो ।

खाजा वितरण कार्यक्रममा खाजा व्यवस्थापन समितिका सदस्य पारवती देवी, सोभा यादव, वडा अध्यक्ष राजकुमार प्रसाद साह, कटहरिया नगरपालिकाको शिक्षा संयोजक अनिल कुमार निधी, शिक्षा प्रेमी बालमिकी प्रसाद यादव सहित विद्यालय व्यवस्थापन समिति सदस्यहरु रामकमोद यादव, रामविर ठाकुर, विना देखी, चुनु यादव, शिक्षक प्रतिनिधि सुखारी ठाकुर लगाएत शिक्षक, पत्रकार लगाएतको उपस्थिती रहेको थियो ।