समाचार लेखेकै कारण पत्रकार बोहरालाई ज्यान मार्ने धम्की

225
Friendship Mobile

डडेल्धुरामा कार्यरत पत्रकार ललित बोहरालाई ज्यान मार्ने धम्की आएको छ। उनलाई नेपाल रेडक्रस सोसाइटी डडेल्धुराले सञ्चालन गरेको ब्लड बैंकका इन्चार्ज गणेश ऐरले ज्यान मार्ने धम्की दिएका हुन्।

नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाका कार्यसमिति सदस्य तथा रेडियो युनिटी, जनता टिभी, नेपाल लाइभका डडेल्धुरा संवाददाता र इन्फोखबर अनलाइनका प्रकाशक रहेका पत्रकार बोहरालाई समाचारको विषयलाई लिएर ज्यान मार्ने धम्की आएको हो।

उनले ‘ब्लड बैँक डडेल्धुराको चरम लापरवाही, रक्त दान गर्न ८ घण्टासम्म भेटिएनन् कर्मचारी’ शीर्षकको समाचार लेखेका थिए।

समाचार मिडियामा आएपछि उनलाई मंगलबार राति ९ बजे ब्लड बैंकका इन्चार्ज ऐरले ‘तिमी समाचार लेख्ने को हो? तिमीलाई म कोठामा थुनेर बन्द गरेर मार्छु’ भनी फोनमार्फत धम्की दिएका हुन्।

‘मलाई नवदुर्गा गाउँपालिका स्थानीयले राति ३ बजेबाट रेडक्रस बन्द छ, रगत तान्ने मान्छे छैन् भनेर जानकारी दिए। त्यसपछि म बिहान ८ बजे रेडक्रसमा पुगें।’ पत्रकार बोहराले भने, ‘त्यहाँ रक्तदाता समाज डडेल्धुरा रगत दान गर्ने मान्छे आएका थिए। तर, तान्ने मान्छे आएका थिएनन्।’

त्यसै आधारमा जनताको गुनासो समेटेर समाचार बनाएको पत्रकार बोहराको भनाइ छ। समाचार सम्प्रेषण भएपछि बुधबार राति इन्चार्ज ऐरले फोनमार्फत ज्यान मार्ने धम्की दिएका उनले बताए।

ब्लड बैंकका इन्चार्ज ऐरलाई बुझ्न खोज्दा उनले घटनाबारे बोल्न चाहेनन्। 1st नेपालबाट …