बाराको जितपुरमा बजार अनुगमन, नियम बिपरित गरे वापत डेढ लाख माथि जरिवाना असुल

263
Friendship Mobile
  • दिपेन्द्र जयसवाल, बारा ।

बाणिज्य, आपुुर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालय वीरगंजले बाराको जीतपुुरमा बजारको अनुुगमन गरेको छ । कार्यालय प्रमुुख जीत बहादुर भण्डारीको नेतृत्वमा ईलाका प्रहरी कार्यालय जीतपुुर र जीतपुुरसिमरा नगर उद्योग बाणिज्य संघले संयुुक्त रुपमा बजार अनुुगमन गरेको हो ।

बजार अनुुगमनको क्रममा १३ वटा पसलहरुलाई कारवाही गरी एक लाख ५२ हजार जरिवाना संकलन गरिएको छ । अनुुगमनको क्रममा पसलहरुले बिलबिजक चुुस्तदुुरुस्त नराख्ने, उपभोक्ता ठग्ने, म्याद गुुर्जेको सामग्रीहरु राख्ने, फर्म दर्ता प्रमाणपत्र र मुुल्य सुुचि नराख्ने पसलहरुलाई पाँच हजार रुपैया देखि २० हजार रुपैया सम्म जरिवाना गरिएको उपभोक्ता हित संरक्षण कार्यालयको सुचना अधिकारी दिलिप खंग खत्वेले जानकारी दिएका छन ।

अनुुगमन टोलीले बिनोद किराना पसललाई २० हजार रुपैया जरिवाना, जोया किराना एण्ड जेनरल स्टोरलाई २० हजार रुपैया, जयमाता दी किराना एण्ड जेनरल स्टोरलाई २० हजार, सोना सप्लायर्सलाई २० हजार, न्युु प्रियाँसुु ईन्टरप्राईजेजलाई ५ हजार, फैसन बल्ड जीतपुुरलाई ७ हजार, सावना फेन्सी स्टोरलाई रु ५ हजार, माँ बस्त्रालयलाई २० हजार, चन्दन बस्त्रालयलाई १० हजार, नरेश बस्त्रालयलाई १५ हजार, सिमरन बस्त्रालयलाई १५ हजार र साजन बस्त्रालयलाई ५ हजार रुपैया जरिवाना गरेको कार्यालयले जनाएको छ ।

उहाँले बारम्बार ब्यपार, ब्यवसायी तथा उद्योग बाणिज्य संघका प्रतिनिधिहरुलाई ब्यवसाय स्थलमा राख्नुुपर्ने कागजपत्रको बिषयमा जानकारी गराउँदा पनि त्यसको परि पालनातर्फ अग्रसर नहुने गरेको बताउँनुुभयो ।

अनुुगमन टोलिमा बाणिज्य, आपुुर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालय बिरगंज कार्यालय प्रमुुख जित बहादुर भण्डारी, जीतपुुरसिमरा नगर उद्योग बाणिज्य संघका अध्यक्ष संजय कुुमार साह, रेडिमेड ब्यवसायी संघका अध्यक्ष प्रकाश गिरी, ईलाका प्रहरी कार्यालय जीतपुुरका प्रमुुख प्रहरी नायब निरिक्षक जय बहादुुर चन्द लगायतको सहभागिता रहेको थियो ।