जसपाका उपेन्द्र यादव आज (सोमबार) रौतहट आउँदै

243
Friendship Mobile

पूर्व उपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव आज (सोमबार) रौतहट आउने भएका छन ।

रौतहटको देवाही गोनाही नगरपालिका ८ गोनाही बजारमा हुन लागेको वृहत् पार्टी प्रवेश तथा शुभकामना आदानप्रदान कार्यक्रममा सहभागि हुन जसपाका राष्ट्रिय अध्यक्ष यादव आज रौतहट आउने भएका हुन । वृहत् पार्टी प्रवेश तथा शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी हुन पार्टी अध्यक्ष उपेन्द्र यादवको रौतहट आगमन हुन लागेको कृषि राज्य मन्त्री योगेन्द्र यादवले जानकारी दिनुभएको छ ।

पार्टी अध्यक्ष उपेन्द्र यादवको हुन लागेको रौतहट आगमनले रौतहटमा जसपा अझै मजबुत हुने विश्वास गरिएको राज्य मन्त्री यादवले बताउनुभयो ।