पर्साको तीनवटा पालिकामा एकैदिन सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट स्थापना

341
Friendship Mobile

नेपाल भारत सिमा जोडिएका पर्साको बिभिन्न तीनवटा गाउँपालिकाका तीन स्थानमा सशस्त्र प्रहरी बलको नेपाल बोर्डर आउट पोस्ट स्थापना भएको छ ।

पर्सा जिल्लाको ठोरी गाउँपालिका, जिराभवानी गाउँपालिका तथा छिपहरमाई गाउँपालिकामा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट स्थापना भएको हो । ठोरी गाउँपालिकाको वडा नं ३ ब्रम्हानगर, जिराभवानी गाउँपालिका तथा छिपहरमाई गाउँपालिकाको वडा नं १ मा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट स्थापना भएको छ ।

पर्सा जिल्लामा १० वटा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट रहेकोमा ठोरी, जिराभवानी तथा छिपहरमाई गाउँपालिकामा पोस्ट स्थापना भएसँगै पर्सामा सशस्त्र प्रहरीको १३ वटा बोर्डर पोस्ट पुगेको छ ।

ठोरीको ब्रह्मनगरमा स्थापना भएको सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोष्ट (बिओपी) लाई उद्धघाटन गर्दै सशस्त्र छिन्नमस्ता बाहिनी महोत्तरीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक (डिआइजी) कृष्णभक्त ब्रम्हाचार्यले सीमा क्षेत्रमा हुने लागुपदार्थ ओसारपसार, चेलीबेटी बेचबिखन, अवैध चोरीपैठारी नियन्त्रण गरेर शान्ति सुरक्षा स्थापना गर्न बिओपी स्थापनाले सहयोग पुर्याउने बताए ।

उनले सशस्त्र प्रहरीले जनताको दैनिक समस्यालाई व्यावहारिक हिसाबले हेर्ने बताउदै सशस्त्र प्रहरीलाई शान्ति सुरक्षामा सघाउन स्थानीयसंग अनुरोध गरे । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका डिआईजी ब्रम्हाचार्यले स्थानीय जनतालाई दुख नदिन र नागरिक हितलाई प्राथमिकतामा राखेर काम गर्न पनि मातहतका सशस्त्र प्रहरीलाई निर्देशन दिए ।