पछिल्लो २४ घण्टामा कोरोनाबाट थप २२ जनाको मृत्यु

593
Friendship Mobile

नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या दिन प्रतिदिन बढ्दै गएको छ। पछिल्लो २४ घण्टामा मात्रै देशभर थप २२ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ।

यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या देशभर १ हजार १ सय ४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा देशभर २ हजार ७ सय ३६ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ९९ हजार ७ सय ६० पुगेको छ।