बबरगन्जका ६० मुसहर बालबालिकालाई बाँडियो शैक्षिक सामग्री

303
Friendship Mobile

सर्लाही : चन्द्रनगर गाउँपालिका–२, बबरगञ्जमा मंगलवार ६० जना बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ ।

समाजसेवी शिवनाथ राउतले निःशुल्क रुपमा पढाउँदै आएका ६० जना बालबालिकालाई शैक्षिक सामग्री उपलब्ध गराइएको हो । काठमाण्डौंमा रहेको पिस फर पिपुल नामक संस्थाले पठाएको शैक्षिक सामग्री मंगलवार बिहान विद्यार्थीलाई प्रदान गरिएको राउतले जानकारी दिए ।

राउतका अनुसार प्रति विद्यार्थी चारवटा कापी, दुईवटा सिसाकलम र एउटा कटर तथा इलेजर प्रदान गरिएको हो । शैक्षिक सामग्री पाउनेमा अधिकांश मुसहर समुदायका र एक÷दुई जना मुस्लिम समुदायका बालबालिका समेत रहेका छन् ।

आफै अपांगता भएको व्यक्ति भएपनि समाजसेवी राउतले ती बालबालिकालाई बबरगञ्जकै बिर्ता बजारमा विगत दुई वर्ष १० महिनादेखि निःशुल्क रुपमा टिउसन पढाउँदै आएका छन् ।