गजलकार ‘विवश पौडेल’

543
Friendship Mobile
  • क्षितिज विश्वकर्मा, सर्लाही ।

गजलकार विवश पौडेल सर्लाहीको हरिपुर नगरपालीका वडा नम्बर १ घर भई लामो समयदेखि लालबन्दी नगरपालीका स्थित वडा नम्बर ९ मा बस्दै आउनुभएको छ । करिव १८ बर्ष देखि शिक्षण पेशामा आवद्ध पौडेलले करिव ४०० वटा गजल रचना गर्नुभएको छ ।

राष्ट्रिय स्तरका सञ्चारमाध्यम सम्म राम्रो पकड बनाउन सफल गजलकार पौडेलका २ ओटा संयुक्त कृति प्रकाशन भएका छन भने पौडेलकै सम्पादनमा सर्लाहीका प्रतिनिधि गजलकार नामक कृति यथाशिघ्र प्रकाशन हुँदै छ । पौडेल शिक्षण पेशा सँगै बिबिध कार्यक्रम तथा रेडियो कार्यक्रम सञ्चालनमा समेत राम्रो दख्खल राख्नुहुन्छ ।

  • बहर- मुजारे अखरब महजुफ

प्यारी! अँगाल आऊ थालौँ नयाँ सफर
तिम्रा विरुद्ध मेरा छैनन् कुनै कसर

सत्ता चलाउनेको औकात के रह्यो
घट्तै गएछ उद्यम बढ्दै गएछ कर

लौ हेर आज भ्रष्टाचारी जताततै
कानुन कता हरायो भाग्दै गएछ डर

संसार तार्छु भन्ने ढोँगी कतै थिए
प्यासी मुहार तिनका लोभी थिए नजर

यो राज्य जित्न सक्थेँ भन्थ्यौ जित्यौ भने
ठान्नेछु आज तिम्ले पूरा गर्यौ रहर

पूरा हुनै नसक्ने इच्छा गरीबका
खैँचेर राज गर्नेका चैँ सबै सदर

यस्तै छ यो दुनियाँ कसको कुरा गरौँ
कमजोर देखिएकै बन्ने भयो प्रखर

फुर्ती ठुला बडाको सुन्दा अचम्म भो
झर्थ्यो भने तिनैले थाम्ने थिए सगर

मर्दा लिएर जान्नौ राख्छौ कमाइ के
सेवा गरेर जाऊ बन्छौ भने अमर