रौतहटको लौकाहामा गोली हानी १८ बर्षिय युवतीको हत्या

241
Friendship Mobile

रौतहटको लौकाहामा गोली हानी १८ बर्षिय युवतीको हत्या भएको छ । रौतहटको माधव नरायण नगरपालिका वाडनं ७ लौकाहाका राम अयोधी साहकी १८ बर्षकी छोरी अनिता कुमारी साहको हत्या भएको हो ।

गएराती ११ बजेको समयमा आफनै घरमा सुतीरहेको अवस्थामा साहको हत्या भएको र घटनाको खबर पाए पाए लगत्तै जिल्ला प्रहरी कार्यालय गौरबाट खटिएको प्रहरी टोलीले घटनाको बिषयमा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।