चिसापानीमा सञ्चालीत फुटवल प्रतियोगीता सम्पन्न, खेलका क्रममा घाईते खेलाडिले पाए करिव ८५ हजार सहयोग

1,025
Friendship Mobile

सर्लाहीको लालबन्दी नगरपालीका वडा नम्बर १५ चिसापानीमा कार्तिक १४ गत्तेबाट सुुरु भएको नकआउट फुटवल प्रतियोगीता बुधवार अबेर सम्पन्न भएको छ ।

नमोबुद्ध युवा क्लवको आयोजनामा नेकपाका जिल्ला अध्यक्ष रेवती पन्तले उद्घाटन गर्नुभएको प्रतियोगीताको बुधवार समापन गरिएको हो । नगर भित्रका २० ओटा फुटबल क्लको सहभागीतामा सम्पन्न नकआउट फुटवल प्रतियोगीताको उपाधि भने योङस्टार युवा क्लव परवानीपुरले हात पारेको छ । आयोजक नमोबुद्ध युवाक्लव टिम ‘सि’ लाई सेमिफाईनल खेलमा हराउँदै फाईनलमा पुगको नव मिलन युवा क्लवलाई शुन्यका बिरुद्ध ३ गोल गर्दै योङस्टारले उपाधि जितेको हो ।

बिजेता टिमले नगद १५ हजार, शिल्ड, मेडल र प्रमाण पत्र पाएका छन भने उपबिजेता टिमले नगद ८ हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन । प्रतियोगीतामा आयोजक नमोबुद्ध युवा क्लवका छेवाङ लामाले बेस्ट गोल किपर, धेरै गोल गर्नेको उपाधि नवमिलनका जनम बम्जनले र योङस्टारका सतिस थापाले बेस्ट प्लेयरको उपाधि प्राप्त गर्न सफल भएका छन । प्रतियोगीता समापन कार्यक्रमका प्रमुख अतिथी लालबन्दी नगरपालीका वडा नम्बर १५ का वडाध्यक्ष गोरख बल, बिशिष्ट अतिथी वडा नम्बर १६ का अध्यक्ष गणेश थापा लगाएतले खेलाडिहरुलाई पुरस्कार प्रदान गरेका थिए ।

कालीञ्जोर खोलाको मध्य भागमा रहेको कच्चि खाली मैदानमा सञ्चालीत प्रतियोगीतामा योङस्टारका खेलाडी/क्याप्टेन सागर स्याङ्तान घाईते भएका थिए । प्रतियोगीताको समापन कार्यक्रममा खेलाडी स्याङतानलाई नगद सहयोग गरिएको छ । खेलाडिलाई उपचारमा सहयोग पुगोस र खेलाडीको मनोबल उच्च राख्नका लागी सहयोग संयोजन गरिएको आयोजक तथा बिशिष्ट अतिथी गणेश थापाले बताउनुभएको छ ।

योङस्टार युवा क्लबका खेलाडिहरु सामुहिक तश्विर खिचाउँदै साथमा घाईते खेलाडी सागर स्याङ्तान ।

खेलाडि स्याङ्तानलाई करिव ८५ हजार सहयोग प्राप्त भएको छ । उनलाई उनकै फुटवल टिम योङस्टारले ६० हजार सहयोग गरेको छ । त्यसैगरि प्रतियोगीता जितेवापत प्राप्त गरेको १५ हजार पनी क्लवले खेलाडी तथा क्याप्टेन स्याङतानलाई प्रदा गरेको छ । आयोजक नमोबुद्ध युवा क्लवका संयोकज अमृत वाईबाले पनी खेलाडि स्याङ्तानलाई क्लवको तर्फबाट रु ५ हजार सहयोग गर्नुभएको छ भने फाईनलमा प्रतिस्पर्धा गरेको नवमिलन युवाक्लवले पनी खेलाडी स्याङतानलाई ४ हजार ७५ रुपैयाँ सहयोग गरेको छ ।

कार्यक्रममा सहयोग रकम ग्रहण गर्दै खेलाडि स्याङतानले सबैलाई धन्यवाद ब्यक्त गर्दै आफु खेलाडी भएको गर्व लागेको र देशका लागी केहि गर्ने उत्प्रेरणा प्राप्त भएको बताएका थिए । उनको खेलका क्रममा लडेर पाता खुस्किएको छ ।

प्रतियोगीताको मिडिया पार्टनरका रुपमा ‘लिड न्युज नेपाल’ले मिडिया संयोजन गरेको थियो ।