सर्लाहीको परवानीपुरमा अटोरिक्सा दुर्घटना हुँदा ५ जना सामान्य घाईते

1,234
Friendship Mobile

सर्लाहीको लालबन्दी बजारबाट फर्किँदै गरेको अटो रिक्सा दुर्घटना हुँदा परवानीपुरमा ५ जना सामान्य घाईते भएका छन ।

बिहिबारको बजारमा किनमेल सकेर घर फर्किदँै गरेका यात्रु सवार लु१स ७२६० नम्बरको अटो रिक्सा दुर्घटनामा परेको अस्थाई प्रहरि चौकी लालबन्दी नगरपालीका १६ का असई बृज भुषण पाण्डेले जानकारि दिनुभयो । दुर्घटनामा परेका ५ जना १५ नम्बर वडा अर्नेडाँडाका अञ्जु थिङ, रिता थिङ, पदम बहादुर गोले, प्रशान्त गोले र बिर बहादुर थिङ छन । उनीहरुलाई उपचारका लागी गढिमाई अस्पताल लालबन्दी पठाईएको छ ।

अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किएको अटो रिक्सामा आंसिक क्षति पुगेको प्रहरिले बताएको छ । अटो र चालक प्रहरिको नियन्त्रणमा रहेका छन ।