मेचीमहाकाली बुहारी सयुक्त आवाज प्रदेश नं. २ को संयोजकमा पुजापाठक तिमिल्सिना चयन

456
Friendship Mobile

मेचीमहाकाली बुहारी सयुक्त आवाज प्रदेश नं. २ को संयोजकमा पुजापाठक तिमिल्सिना चयन हुनुभएको छ । मेचीमहाकाली बुहारी सयुक्त आवाजको रौतहट संयोजक रहेर सक्रिय रुपमा काम गर्दै आउनुभएकी तिमल्सिनालाई कार्तिक २६ गते मंगलबारबाट कार्यभार सम्हाल्ने गरि प्रदेश संयोजक चयन गरिएको हो ।

वर्षाै देखि दर्ता भएर पनी गुमनाम अवस्थामा रहेको मेचीमहाकाली बुहारी सयुक्त आवाजलाई तिमल्सिना पदमा आएदेखि बिभिन्न रचनात्मक कार्य गर्दै चर्चाको शिखरमा पु¥यान भुमिका खेल्नुभएको श्रोतको दाबि छ ।

संस्था चर्चामा आएपछि उदेश्य अनुसारका कामहरु समेत निरन्तर भईरहेको बताईएको छ । आवाजले रौतहट लगाएतका जिल्लाहरुमा बिभिन्न परिवारमा पारिवारिक मिलापको कार्य पनी गर्दै छ भने अन्य सामाजिक कार्यमा पनी आवाज सक्रिय रहँदै आएको छ ।