सुनको भाउ घट्यो, तोलाको मुल्य कती ?

260
Friendship Mobile

नेपाली बजारमा बुधवार सुनको मूल्यमा सामान्य गिरावट आएको छ भने चाँदीको मूल्यमा वृद्धि भएको छ । 

बुधवार छापावाल सुनको मूल्य प्रति तोला ९५ हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

अघिल्लो कारोबारको दिन छापावाल सुन प्रति तोला ९५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै बुधवार चाँदीको मूल्य प्रति तोला १ हजार २ सय ३० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबारको दिन चाँदी प्रति तोला १ हजार २ सय २० रुपैयाँमा कारोबार भएको थियो ।