नीतीश कुमार मन्त्रिमण्डलका आधाभन्दा धेरै मन्त्रीमाथि आपराधिक मुद्दा दर्ता, १४ मन्त्रीमध्ये १३ जना करोडपति

248
Friendship Mobile

भारतको बिहार राज्यमा गएको १६ नोभेम्बरमा शपथ लिएका १४ मन्त्रीमध्ये आठ जनाविरुद्ध आपराधिक मुद्दा दर्ता भएको छ । मन्त्रिमण्डलको ५७ प्रतिशत मन्त्रीमाथि आपराधिक मुद्दा दर्ता भएको हो । 

भारतमा चुनाव र चुनाव लड्नेमाथि नियमन गर्ने संस्था एसोसिएशन अफ डेमोक्रेटिक रिफर्म्स (एडीआर) ले यस्तो जनाएको हो । 

६ जना मन्त्रीविरुद्ध गम्भीर आपराधिक मुद्दा दर्ता भएको छ । जमानत नपाउने र मुद्दामा दोषी पाइसकेपछि पाँच वर्षभन्दा धेरै सजाय हुन सक्ने व्यवस्थालाई गम्भीर मुद्दा भनिन्छ ।

जनता दल (यू) का दुई, बीजेपीका चार र एक–एक हम र भीआईपी पार्टीका मन्त्रीविरुद्ध दर्ता भएको हो ।  

यसका साथै १४ मन्त्रीमध्ये १३ करोडपति हुन् । जनता दल–यू का मेवालाल चौधरी सबैभन्दा धनी मन्त्री हुन्, उनीसँग १२ करोड भारुभन्दा धेरै सम्पत्ति भएको बताइएको छ । त्यस्तै सबैभन्दा गरिब भनिएका जनता दल–यू कै अशोक चोधरीको सम्पत्ति ७२ लाख भारु भएको बताइएको छ ।

यीमध्ये चार मन्त्रीले मात्र आठदेखि १२ कक्षासम्म पढाइ गरेका छन्, त्यस्तै १० मन्त्रीले स्नातक वा त्योभन्दा धेरैको पढाइ गरेका छन् ।  उज्यालो अन्लाईन बाट…