World link का ग्राहकले नेटटिभीमा चलचित्र हेर्न पाउने

256
Friendship Mobile

नेटटिभी नेपालमा आईपीटीवी सेवा प्रशारण गर्ने अग्रणी कम्पनी हो । नेटटिभीले लाइभ टिभी, चलचित्र, माग अनुसारको भिडियोलगायतका सेवाहरु टीभीमा नेटटिभी सेटटप बक्स र मोबाइलमा नेटटिभी एपमार्फत नेपाली मनोरञ्जन समग्रीहरू प्रदान गर्न सधैं प्रयत्न गरिरहेको जनाएको छ ।

पहिलो पटक, नेटटिभीले बलिउडको ब्लकबस्टर चलचित्र ‘लक्ष्मी’लाई नोभेम्बर ६ देखि नेपालको दुवै प्लेटफर्म नेटटिभी सेटटप बक्स र नेटटिभी एपमार्फत हेर्न सकिने बताएको छ । अक्षय कुमारद्वारा अभिनित यो चलचित्र दीपावलीको पूर्व सन्ध्यामा सबैभन्दा ठूलो रिलिज हो । यो चलचित्र विश्वव्यापी डिजिटल प्लेटफर्ममा रिलिज हुँदैछ ।

वल्र्डलिंकका ग्राहकहरू जोसँग नेटटिभीको सदस्यता छ, यस चलचित्रलाई टिभीमा पनि रिलिज भएकाले पहिलो दिनमा नै नेटटिभी सेट–टप बक्समार्फत हेर्न सक्ने छन् ।

अरू गैरवल्र्डलिंकका ग्राहकले नेटटिभी एप डाउनलोड गरेर आफ्नो मोवाइलमा चलचित्र हेर्न सकिने कम्पनीले जनाएको छ ।