छठ पर्वको अन्तिम दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएर ब्रतालुले ब्रत तोडे

316
Friendship Mobile

आज शनिबार छठ पर्वको अन्तिम दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएर ब्रतालुले ब्रत तोडेका छन ।

सूर्यको पूजा र उपासनाको यो पर्व कात्तिक शुक्ल चतुर्थीदेखि सुरु भएको थियो। महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातबासमा रहँदा सो गुप्तबास सफल होस् भनी सूर्यदेवको पूजा उपासना गरिएको थियो सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।

मिथिला नगरी एवं तराईका अधिकांश स्थानमा बिहानैदेखि नदी, पोखरी एवं नहर किनारमा अर्घ्य दिने, ब्रतालुको आशिर्वाद लिने एवं बिहानीको पुजापछि प्रसाद थाप्ने गरिन्छ । यस बर्ष कोरोना महामारीका कारण नदी तथा तलाउका घाटहरुमा ब्रतालुहरुको न्यून उपस्थिति रह्यो ।

शुक्रबार दिनभर निराहार व्रत बसेका व्रतालुले आज बिहान उदाउँदो सूर्यलाई पूजा गरी अर्घ दिएपछि मात्रै छठको समापन गर्ने गर्दछन् ।

यस पर्वमा बाँसको ढाकी, माटोका सामग्रीहरु, केरा, मौसमी फलफुल, भुसुवा, ठेकुवा, उखु, अदुवा लगायतका विविध मिठाई तथा फलफूल लगायतका प्रसाद चढाइन्छ ।